राप्रपा महामन्त्रीमा कुन्ती शाही विजयी, रेखा थापा पराजित

स्काई न्यूज / मंसिर १९, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् ।  महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित गरी शाही महामन्त्री बन्न सफल भएकी हुन् ।

आइतबार आएको मत परिणाम अनुसार शाहीले २ हजार ८ मत ल्याउँदा थापा १ हजार ६ सय ४० मत मात्र प्राप्त गरिन् ।शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने थापा राजेन्द्र लिङ्देन​को समूहबाट लडेकी थिइन् ।

Translate »