नेपाली काँग्रेस महाधिवेशन : ३८० मत खस्यो

मंसिर २७, काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि सोमवार भएको निर्वाचन अन्तर्गत अपरान्हसम्ममा ३८० मत खसेको छ ।

पार्टीको १४ औं महाधिवेशको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरिसक्नुभएको छ । मध्यान्ह १२ बजेदेखि शुरु भएको मतदानमा सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंह, उपसभापतिका उम्मेदवारद्धय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलगायतले मतदान गरिसकेका छन् ।
अन्य नेता भने भोट हाल्न लामबद्ध रहेका छन् । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई ओटा स्थानमा व्यवस्था गरिएको छ । दिउँसो १ः३० बजेसम्म राष्ट्रिय सभा गृहमा २०० र भृकुटीमण्डपका दुई स्थानमा १८० मत खसेको निर्वाचन समितिले बताएको छ ।