अब ६७ देशबाट नेपाल आउँदा सात दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

काठमाडौँ । कोरोना भाइरसको पछिल्लो भेरिएन्ट ओमिक्रोन फैलिन नपाओस् भनेर विभिन्न ६७ देशबाट नेपाल आउने यात्रुलाई अनिवार्य ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लगाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागले शुक्रबार साँझ विज्ञप्ति जारी गरी गर्दै अमेरिका, मलेसिया तथा धेरैवटा युरोपेली मुलुकसहित ६७ देशबाट नेपाल आउनेहरूले आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने मापदण्ड तोकेको हो । जारी सूचनामा होटल क्वारेन्टिनमा बस्दा लाग्ने खर्च स्वयम्र व्यक्तिले व्यहोर्नु पर्नेछ । रिपोर्ट पोजेटिभ आए थप सात दिन होम आइशोलेसनमा बस्न पनि विमानस्थलले आग्रह गरेको छ ।

विज्ञप्तिअनुसार ७ दिन होटल क्वारेन्टिन बसिसकेपछि कोरोना परीक्षण गराउनुपर्नेछ । रिपोर्ट नेगेटिभ आए फेरि ७ दिन घरमै क्वारेन्टिन बस्नुपर्नेछ । तर नतिजा पोजिटिभ आएका व्यक्तिलाई तोकिएका आइसोलेसन केन्द्र वा अस्पताल पठाइने विज्ञप्तिमा भनिएको छ ।

अध्यागमनको सूचीमा अमेरिका, बेलायत, क्यानडा, स्पेन, इटाली, डेनमार्क, अस्ट्रिया, बेल्जियम, साइप्रस, फ्रान्स, जर्मनी, ग्रिस, नेदरल्यान्ड्स, नर्वे, पोल्यान्ड, पोर्चुगल, रसिया, सिंगापुर, स्विट्जरल्यान्ड, टर्की, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया र माल्दिभ्सलगायत देश छन् । सरकारले यसअघि नै अफ्रिकी देशका नागरिकलाई अनअराइभल भिसामा रोक लगाइसकेको छ । (रेडियो नेपाल)

Translate »