शोभराजको बन्दी प्रत्यक्षीकरण मुद्दामा कारण देखाउ आदेश

पुस ८, काठमाडौं । सर्वोच्च अदालतले बिक्नी किलरको रुपमा कूख्याती कमाएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले बिहीबार शोभराजको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै थुनामुक्त गर्नु नपर्ने कुनै कारण भए महान्यायाधिवक्ताको कार्यालयमार्फत् तीन दिनभित्र जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ ।

उमेर हदका कारण कारागारबाट रिहाइ गराइपाउँ भन्दै शोभराजले बन्दी प्रत्यक्षीकरण निवेदनमा बिहीबार सिन्हाले प्रधानमन्त्री मन्त्रिपरिषद्को कार्यालय र कारागारको नाममा आदेश जारी गर्दै उमेर पुगिसकेका शोभराजलाई के कारणले रिहा नगरेको भन्दै कारण माग गरेका छन् ।

२० वर्षे कैद सजाय भुक्तान गरिरहेका शोभराजले निवेदनमा नेपालको कानुनअनुसार जेष्ठ नागरिकले पाउने सजायको छुट आफ्ना लागि पनि लागू हुनुपर्ने दाबी गरेका छन्। फ्रेन्च नागरिक सोभराजमाथि विभिन्न देशमा हत्या तथा अपहरणमा संलग्न भएको आरोप छ ।

Translate »