कानूनको रक्षा सबैले गर्नु पर्छ : मुख्यमन्त्री शाही

स्काई न्यूज /पुस ८, सुर्खेत । कर्णालीका प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कानून कार्यान्वयन गर्ने जिम्मा हरेक नागरिकको भएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले सुर्खेतको वीरेन्द्रनगरमा विहीबार आयोजना गरेको कानून निर्माणमा नागरिक समाजको भूमिका विषयक परामर्श अन्तरक्रिया कार्यक्रममा उनले कानूनलाई सबै नागरिकले अपनत्व लिने गरि कार्यान्वयनमा ल्याउन नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको जिकिर गरे । उनले भने, ‘कानून सबै व्यक्ति, समाज, क्षेत्र र राष्ट्रका लागि हो । कुनै एक व्यक्ति, समुदाय, क्षेत्रका लागि मात्र सीमित नराखी देशभरीका हुन्छ । यसको रक्षा गर्नु र कार्यान्वयनमा ल्याउनु हामी सबैको दायित्व हुन्छ ।’


उनले कतिपय अवस्थामा कानून कार्यान्वयनमा समस्या आउँदा कतिपयलाई अनुपयुक्त लागेपनि नियम मान्नु नै पर्ने बताए । प्रदेशमा बनेका कानून विभिन्न समयमा छलफल, परामर्शबाटै ल्याईएकाले सबैको अपनत्व हुने गरि कार्यान्वयनमा आउनेमा विश्वस्त रहेको उनको भनाइ थियो । कार्यक्रमका अधिकांस सहभीहरुले प्रदेशमा कानून बनाउँदा नागरिक समाजको सहभागितालाई समेत सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले अहिले पनि प्रदेश र स्थानीय तहमा बनेको अधिकासं ऐन, नियम र कानून संघीय सरकारले बनाएको कानूनकै सिको भएको बताए । उनीहरुका अनुसार कानून आवश्यकतामा निर्माण गरेर सबैको अपनत्व हुने गरि बनाईनु पर्छ । कार्यक्रममा कर्णाली प्रदेशका सांसद, नारिक समाज, अधिकारकर्मी, अधिवक्ता, प्राध्यापक, पत्रकार एवं इन्सेकका प्रतिधिनिहरुको सहभागिता रहेको थियो ।

Translate »