कर्मचारी संगठन चौकुनेको अध्यक्षमा केसी


स्काई न्यूज /पुस ९, सुर्खेत । नेपाल निजामति कर्ममचारी संगठन चौकुने गाउँपालिका ईकाई कमिटीको अध्यक्षमा शिवकुमार केसी चयन भएका छन् । चौकुनेको गुटुमा शुक्रबार भएको कर्मचारी भेलाले अध्यक्ष केसीलाई सर्वसम्र्मत अध्यक्षमा चयन गरेको हो । भेलाले ११ सदस्यीय नेपाल निजामति कर्ममचारी संगठन चौकुने गाउँपालिका ईकाई कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा हेमन्त भण्डारी, सचिब पदमबहादुर विसी, कोषाध्यक्ष मनिषा कँडेल तथा सदस्यहरुमा लोकेन्द्र खड्का, छिनिङ थापामगर, भिम रावल, शान्ति सापकोटा, चक्र आले, महेन्द्रप्रसाद खनाल रहेका छन् । कमिटीले आउँदो बैठकबाट मनोनित गर्ने सदस्यका लागि एक स्थान रिक्त राखिएको नवनिर्वाचित अध्यक्ष केसीले जानकारी दिए ।

नव निर्वाचित कार्यसमितिलाई चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही र उपाध्यक्ष निर्मला मगर हार्दिक बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठनका कर्णाली प्रदेश इन्चार्ज प्रयागराज शर्मा, संगठन राष्ट्रिय आयोजक कमिटी सदस्य सुरेन्द्रबहादुर शाही, पिताम्वर पौडेल, सुर्खेत जिल्ला अध्यक्ष लालबहादुर खत्री, जुम्ला अध्यक्ष गणेश आचार्य, सुर्खेत उपाध्यक्ष राजेश आचार्य, सचिव हेमन्त चुनारासँगै राष्ट्र सेवक सहकारी संस्था सुर्खेतका अध्यक्ष टंकप्रसाद लामिछानेले नव निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै निजामति कर्मचारीको संगठन विकास, सुदृढीकरण तथा शुद्धिकरणका लागि अभियानमुखि कार्यक्रम सञ्चालन गरिएको जनाए । उनीहरुले कर्मचारीको हक, हित र अधिकारसँगै वृति विकासमा सहयोग पु¥याउन संगठन लागि परिरहेको बताए ।


