बागमतीमा प्रदेश मन्त्रालय र स्थानीय तहमा २९७ कर्मचारीको दरखास्त आह्वान

काठमाडौँ । बागमती प्रदेश लोकसेवा आयोगले प्रदेश मन्त्रालय र स्थानीय तहमा कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

लोकसेवाले सोमबार एक सार्वजनिक सूचना जारी गरेर सहलेखापाल, सर्भे, सिभिल, भेटेरिनरी लगायत पदमा विज्ञापन खोलेको हो । आयोगले २९७ पदका लागि विज्ञापन आह्वान गरेको हो । माघ २ गते भित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख गरेको छ ।