अछामका तीन ठाउँमा आँखा शिविर सञ्चालन हुँदै

टेकराज भण्डारी/ पुस १३,अछाम । अछाम जिल्लाका विभिन्न ३ ठाउँमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय अछाम र नेपाल नेत्र ज्योति सङ्घ गेटा आँखा अस्पतालको आयोजनामा शिविर सञ्चालन हुन लागेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

यही पुस १८ गतेदेखि २६ गतेसम्म जिल्लाका ३ ठाउँमा शिविर सञ्चालन गरिने स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुङ्गानाले जानकारी दिए ।

उनका अनुसार पुस १८ देखि २० गते बयालपाटा अस्पतालमा, पुस २२ देखि २३ गते प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा र पुस २५ देखि २६ गतेसम्म जिल्ला अस्पताल मंगलसैनमा शिविर सञ्चालन हुनेछ । शिविरमा मोतियाबिन्दु लगायत आँखाका रोगीहरूको निःशुल्क अप्रेसन हुनुका साथै औषधि उपचार गरिने अधिकृत ढुङ्गानाले बताए । आँखाका समस्या भएका बिरामीहरूले शिविर सञ्चालन हुने तीन ठाउँमध्ये आफूलाई जहाँ पायक पर्छ त्यस ठाउँमा गएर उपचार गराउन उनले अनुरोध गरे ।

Translate »