फेरि वर्षा र हिमपातको सम्भावना


पुस २० , काठमाडौं । नेपालमा मंगलबारदेखि फेरि नयाँ मौसमी प्रणाली भित्रिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने र वर्षा तथा हिमपात हुने मौसमविदको अनुमान छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यो प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु वासीका अनुसार सुदूरपश्चिम क्षेत्रमा अहिले यसको सामान्य प्रभाव देखिइसकेको छ । अहिले सो क्षेत्रमा बादल लागेको छ । सुदूरपश्चिममा बुधबारदेखि पानी पर्न सुरु गर्ने छ ।
आइतबारदेखि भने यो प्रणाली कमजोर हुने र मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएको छ ।
सुदूरपश्चिममा बढी, प्रदेश १ र २ मा कम प्रभाव
यो प्रणालीको प्रभाव देशभर पर्ने छ । विशेष गरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बढी प्रभाव देखिने छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हि
काठमाडौं उपत्यका आसपासमै हिउँ पर्छ ?
करिब एक हप्ता अगाडिको मौसमी प्रणालीले पनि देशभर बादल, वर्षा र हिमपात भएको थियो । यो नयाँ प्रणाली भने उक्त प्रणालीभन्दा केही कमजोर रहेको मौसमविद वासीको भनाइ छ ।

उनले भनिन्, ‘अस्तिको बेला दिनभरजसो पानी परेको थियो तर यसपटक त्यस्तो नभई पानी पर्ने, रोकिने हुन्छ ।’
अघिल्लो पटकको जस्तै काठमाडौं उपत्यका आसपासमै हिउँ पर्ने सम्भावनाबारे भने अझै भन्न नसकिने उनले बताइन् । उनले भनिन्, ‘यसपालिको प्रणाली विक (कमजोर) छ, त्यसैले काठमाडौं वरपर नै हिउँ पर्छ कि पर्दैन भन्न सकिंदैन तर पानी भने पर्छ ।’ पानी पनि अघिल्लो पटकभन्दा कम पर्ने उनको अनुमान छ ।
अस्वाभाविक हो ?
अघिल्लो पटक गत पुस १३ गते पश्चिमी वायुको प्रभाव नेपालमा परेको थियो । त्यसको प्रभाव बिहीबारसम्मै देखिएको थियो । बीचमा केही दिन घाम लागेर अहिले फेरि पश्चिमी वायुको अर्को प्रणाली नेपाल भित्रिएको छ ।
हिउँदयाममा करिब सात–आठ वटा यस्ता प्रणाली नेपाल भित्रिन्छन् । अहिले भित्रिएको नयाँ प्रणाली पाँचौं हो । यसलाई सामान्य रुपमा लिनुपर्ने मौसमविद् वासी बताउँछन् । ‘हिउँदयाममा पानी पर्ने पश्चिमी वायुकै कारण हो । त्यसैले यसलाई सामान्य रुपमा लिनुपर्छ,’ उनले भनिन् ।
नेपालमा मंसिर १५ देखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम मानिन्छ । यो हिउँदमा अधिकतम तापक्रम सरदरभन्दा बढी र न्यूनतम तापक्रम सरदर रहने अनुमान छ ।
मपातको सम्भावना छ ।
साथै बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरूमा पनि हल्का हिमपातको सम्भावना छ । काठमाडौं उपत्यकामा मंगलबार र बुधबार कम तथा बिहीबार, शुक्रबार र शनिबार बढी प्रभाव पर्ने मौसमविद वासीले बताइन् ।
अन्य प्रदेशहरुको तुलनामा यसको प्रभाव प्रदेश १ र २ मा कम पर्ने अनुमान छ । प्रदेश १ का पहाडी भागमा बढी र तराई भागमा कम प्रभाव देखिने मौसमविद वासीले बताइन् । (अनलाइन खबर)

