कर्मचारी यूनियन सुर्खेतको अध्यक्षमा थापा

स्काई न्यूज/ पुस २१, सुर्खेत ।  नेपाल निजामति कर्मचारी यूनियन सुर्खेतको अध्यक्षमा गणेशकुमार थापा चयन भएका छन् । यूनियनको आठौं जिल्ला अधिवेशनले थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्य समिति सर्वसम्र्मत चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा राजीमान बुढा (खुला), वीरेन्द्र पुन (समावेसी) र बेललता बस्नेत (महिला), सचिवमा शिशिरकुमार खड्का, सह–सचिव सुर्यबहादुर खड्का र कोषाध्यक्षमा घनबहादुर बुढालाई चयन गरेको केन्द्रीय प्रतिनिधि काँशीराम भट्टराईले जानकारी दिए ।

उनले कार्य समिति सदस्यमा लोमन केशर खनाल (खुला), विवेक शाही (खुला), डिकेन्द्र राना (खुला), मनोहर उपाध्याय (खुला), बालकुमारी चौधरी (महिला), खुमा भट्टराई (ढकाल) (महिला), यज्ञ वाग्ले (श्रेणी विहिन) र मानबहादुर बस्नेत (श्रेणी विहिन) लाई चयन गरिएको बताए । उनका अनुसार केन्द्रीय प्रतिनिधिमा सुशीलकुमार केसी, राजेशकुमार बुढा, सिताकुमारी खत्री (गिरी), उदयबहादुर थापा क्षेत्री र काँशीराम भट्टराईलाई चयन गरिएको छ ।

Translate »