राप्रपाको सुर्खेतमा हुने बृहत जनसभा स्थगित

स्काई न्यूज /पुस २१, सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी कर्णाली प्रदेशले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्न लागेको बहृत जनसभा कार्यक्रम स्थगित भएको छ । राप्रपाले यहीं पुस २३ गते विस्तारित बैठक र २४ गते बृहत जनसभा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो । मौसम प्रतिकुलताका कारणले २४ गते हुने बृहत जनसभा कार्यक्रम स्थगित गर्नु परेको कर्णाली प्रदेश समितिका अध्यक्ष दिपबहादुर शाहीद्वारा जारी प्रेस विज्ञप्ती मार्फत जानकारी दिईएको हो ।

पुस २४ गते सुर्खेतको वीरेन्द्रनगरमा हुने बृहत जनसभालाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । कर्णाली प्रदेश अध्यक्ष शाहीका अनुसार स्थगित बहृत जनसभा कार्यक्रम अब माघ १५ गते आयोजना गरिने छ । तर, पुस २३ गते सुर्खेतको वीरेन्द्रनगरमा हुने विस्तारित बैठक भने यथावत रहने बताईएको छ ।

Translate »