नेपालगन्ज नाकामा २७ जनामा कोरोना पुष्टि
नवीन गिरी / नेपालगन्ज । भारतबाट नेपाल भित्रिने नेपालीहरूमा दिनहुँ ठूलो सङ्ख्यामा कोरोना देखिन थालेको छ । बाँकेको नेपालगन्जस्थित जमुनाहा नाकामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढेपछि नेपाल फर्किने नेपालीहरूको सङ्ख्या बढिरहेको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार जमुनाहा नाकामा हिजो शङ्कास्पद ३२८ जनाको कोभिड परिक्षण गर्दा १९ जना पुरुष र ८ जना महिलासहित २७ जनामा कोरोना पुष्टि भएको हो ।
यसअघि नाकामा चेकजाँचका क्रममा सङ्क्रमितको सङ्ख्या शून्य हुने गरेकोमा पुस १९ गते ९ जना, पुस २० गते ४ जना, पुस २१ गते ५ जना, पुस २२ गते २३ जना, पुस २३ गते २६ जना, पुस २४ गते ४६ जना, पुस २५ गते ३९ जना, पुस २६ गते ३७ जना र पुस २७ गते ३७ जनामा संक्रमण देखिएको हो ।