जाजरकोटमा ट्याक्टर दुर्घटना दुई जनाको मृत्यु

जाजरकोट । जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कुशे गाउँपालिका–९ पैंक देखि सदरमुकाम खलङ्गा तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०३००१ त २०२६ नम्बरको ट्याक्टर मालुमेलामा दुर्घटना हुँदा कुशे ५ ढिमेका ४० वर्षीय ओम प्रकाश मल्ल र वडा नम्बर ५ खुर्पाका ३५ वर्षीय मानबहादुर कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

मृतक मल्ल श्री सरस्वती प्राथमिक विद्यालय बाटुलेका प्रधानाध्यापक समेत हुन् । बुधवार राती हावाहुरी चलेको हुँदा हावा हुरीको कारण ट्याक्टर दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी मधुकुमार थापाले बताए ।

Translate »