पिथौरागढमा नाबालिक छोरीमाथि दुष्कर्म गर्ने नेपाली पक्राउ

माघ ४, महेन्द्रनगर । आफ्नै नाबालिक छोरीलाई बिभिन्न प्रलोभन देखाएर बेपत्ता र दुष्कर्म गरेको आरोपमा एकजना नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । उत्तराखण्डको पिथौरागढस्थित प्रहरीले बझाङ घर भएका ३८ बर्षीय दीपक कामीलाई पक्राउ गरी कानूनी प्रकृया अगाडी बढाएको हो । कामीबिरुद्ध पाँक्सो कानून अन्तर्गत मुद्धा दर्ता गरिएको छ ।

पुलिस लाईन पिथौरागढ नजिक बस्ने एकजना स्थानीयले दीपकले आफ्नै नाबालिक छोरीलाई बेपत्ता पारेको भन्दै कोतवालीमा उजुरी गरेका थिए । प्रहरी अधीक्षक लोकेश्वर सिंहले बेपत्ता भनिएकी बालिकालाई खोजतलास गर्न प्रभारी निरीक्षक मोहन चन्द्र पाण्डेको नेतृत्वमा एउटा टोली बनाएका थिए ।

प्रहरी र बालबालिकाका क्षेत्रमा कार्यरत महिलाहरुले ती बालिकालाई खोजेर अभिभावकको जिम्मा लगाएका छन् । प्रहरीको मिडिया सेलले दिएको जानकारी अनुसार दीपकलाई पिथौरागढस्थित अदालतमा प्रस्तुत गरिएको छ । यसअघि पनि पिथौरागढमा आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा बझाङकै एकजना व्यक्तिलाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । सीमा रेखा

Translate »