एसईई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा हुने

माघ ९, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई आगामी वैशाखमा गर्ने गरी तयारी शुरु गरेको छ ।
बोर्डले वैशाखमा एसईई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसइई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा सञ्चालन गर्ने बोर्डले निर्णय गर्दै तयारी शुरु गरेकाले परीक्षाको तयारीमा रहन विद्यार्थीलाई आग्रह गरे ।
विद्यार्थीको पढाइ पुर्याउन चैतसम्म कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा गर्ने तयारी गरेको हो । परीक्षा तालिका भने बोर्डले केही दिनपछि सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएको छ । रासस