भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

 

माघ १२, नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका ७१ वर्षका पुरुष र कालीकोटका १६ वर्षका किशोर रहेका अस्पतालले जनाएको छ ।

माघ १० गते अस्पतालमा भर्ना भएका ७१ वर्षका पुरुषको गएराति साढे ११ बजे र माघ ५ गतेबाट उपचाररत कालीकोटको शुभकालिका– ५ का १६ वर्षका किशोरको बुधबार बिहान सवा ११ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

कालीकोटका किशोर भीरबाट खसेर घाइते भई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर ल्याइएकोमा कोरोना पुष्टि भएपछि भेरी अस्पतालमा भर्ना गरिएका थिए । अनलाइनखबर

Translate »