राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी

स्काई न्यूज /माघ १२, सुर्खेत । कर्णाली प्रदेशमा आज ३ पदका लागि भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । गठबन्धनकका तर्फबाट नेपाली कांग्रेसकी दुर्गाकुमारी गुरुङ (जुम्ला) २ हजार ९ सय ७०, नेकपा माओवादी केन्द्रका नरबहादुर बिष्ट (सुर्खेत) ३ हजार ६ र नेकपा एकिकृत समाजबादीका उदय बोहोरा (सल्यान) ३ हजार ६ मत ल्याएर विजयी भएका हुन् । गुरुङ महिलाबाट, बिष्ट अपांगताबाट र बोहोरा अन्यबाट विजयी भएका छन् । पराजित हुुनुे एमालेबाट सुर्खेतका चुडामणी शर्मा (खुला) १ हजार ४ सय १६, जुम्लाकी गंगा महत (महिला) १ हजार ४ सय १६ र दैलेखका पदमबहादुर माझी ( अल्पसंख्यक) १ हजार ३ सय ९८ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए । उनले राष्ट्रियसभा निर्वाचनका लागि कर्णाली प्रदेशमा स्थानीय तहका प्रमुुख, उप–प्रमुख र प्रदेश सभाका सदस्य गरी कुल १ सय ९१ जना मतदाता रहेकोमा १ सय ८९ जनाले मतदान गरेको बताए । उनका अनुसार कुल खसेको मत मध्ये स्थानीय तह तर्फ ३ मत बदर भएका छन् । कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगर स्थित प्रदेश निर्वाचन कार्यालयको प्रांगणमा मतदानसँगै मतगणनाको व्यवस्था गरिएको थियो ।

Translate »