श्री एयरले सुर्खेतमा नयाँ जहाज थप्दै

स्काई न्यूज / माघ १४, सुर्खेत । निजी लगानीको वायु सेवा कम्पनी श्री एयरलायन्सले सुर्खेतका लागि नयाँ जहाज थप्ने भएको छ । कम्पनीले नयाँ जहाज भित्र्याएसँगै सुर्खेत र तुम्लिङटारबाट उडान शुरु गर्न लागेको हो । थप जहाजबाट श्रीले सुर्खेत र तुम्लिङटारसँगै साविकका गन्तब्यमा उडान संख्या थप्ने बताएको छ । भारत हुँदै शुक्रबार राती नै श्रीले भित्र्याएको क्यू ४००–८ विमान काठमाडौं अवतरण गरिदैँछ । श्री एयरले एक महिनामै दोस्रो नयाँ जहाज थप गरेको हो । श्री एयरका प्रवन्धक अनिल मानन्धरका अनुसार नयाँ जहाज ८० सीट क्षमताको छ । क्यानडामा बनेको यो जहाजमा दुई इन्जिन छ । यी दुई जहाजको कलसाइन ९ एन–एएनआर र ९ एन–एएनएस राखिएको छ । कम्पनीका अनुसार अब श्रीसँग कुल ८ वटा ठूला जहाज पुगेको छ । श्रीसँग यसअघि नै ड्यास क्यू ४०० जहाज दुई वटा थिए । यसबाहेक सीआजे २०० (५० सिटे) र सीआरजे ७०० (७० सिटे) जहाज दुई/दुई वटा छन् । यसबाहेक कम्पनीसँग ६ वटा एमआइ १७ हेलिकोप्टर र दुई वटा एएस ३५० बी ३ ई हेलिकोप्टर रहेका छन् ।

Translate »