२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 10, 2026

स्थानिय निकायको निर्वाचन जेष्ठ ४ गते हुने

सरकार र निर्वाचन आयोगबीच सहमती


माघ १८, काठमाडौ। निर्वाचन आयोग र प्रभानमन्त्री शेरबहादुर देउवा बिच आगामी जेष्ठ ४ गते स्थानिय निकायको निर्वाचन गर्ने बारे सहमती भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आयोगका प्रतिनिधिहरु र सरकारबीचको छलफलमा निर्वाचन एकै चरणमा सम्पन्न गर्ने सहमती समेत भएको जनाईएको छ।

सहमती सगै सरकारले औपचारीक रुपमै निर्वाचनको मिति घोषणा गर्ने भएको छ। आयोगले यसअघि नै स्थानीय निकायको चुनाव एकै चरणमा गर्ने प्रस्ताव गरेको थियो। सोही विषयमा मंगलबार सरकार र आयोगबीच छलफल भएको थियो।

प्रकाशित मिति : २०७८ माघ १८ गते मंगलबार
Translate »