खाद्यप्रविधिद्वारा ३ सय ६८ पटक अनुगमन

स्काई न्यूज/ माघ २३, सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पछिल्लो अर्ध वार्षिकमा पौन चार सय पटक अनुगमन गरेको बताएको छ । कार्यालय आइतबार वीरेन्द्रनगरमा आफ्नो अर्ध वार्षिक प्रगतिको समिक्षा गर्दै ६८ उद्योग, पसल, होटललगायतमा निम्न स्रोत साधानसँगै जनशक्ति अभावका वावजुद ३ सय ६८ पटक अनुगमन गरिएको जानकारी दिएको हो । कार्यालयले नियमित खाद्य उद्योग, किराना, होटल, रेष्टुरेन्ट, मिठाई पसलसँगै संयुक्त बजार अनुगमन गर्दै आईरहेको बताएको छ । कार्यालयका प्रमुख भेषबहादुर थापाले ६ महिनायता दूध तथा दुग्ध पदार्थ ४, तेल तथा ध्यूजन्य पदार्थ १२, खाद्यान्न तथा दलहजन्य पदार्थ ३०, प्रशोधित पिउने पानी ११, मसला ६, फल तथा सागपात ५ वटासहित ८० वटाको नमूना संकलित ल्याव पठाईएको जनाए । उनले अनुगमनका क्रममा मापदण्ड विपरितका आधा दर्जन उद्योगलाई मुद्धा चलाउनका साथै ४ वटा पाइपलाईनमा रहेको रहेको बताए । उनका अनुसार हाल कतिपय मुद्धा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा विचाराधिन अवस्थामा रहेका छन् ।

तीन दर्जन भन्दा बढी व्यवसायिक फर्म तथा कम्पनीहरुलाई मापदण्ड विपरित उपभोक्ताको स्वास्थ्यसँग खेलवाड वस्तु उत्पादन, विक्री वितरण नगर्न सुझाव दिईएको उनको भनाइ छ । उनका अनुसार कार्यालयले पछिल्लो ६ महिनामा ६ सय रुपैयाँ मात्र राजश्व संकलन गरेको छ । कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले उपभोक्ता हित संरक्षण तथा सचेतनामा खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयको काम प्रशंसनीय रहेपनि थप प्रवद्र्धन गर्न आवश्यक रहेको औल्याए । उनले उपभोक्ता, हक, हित र अधिकारका लागि खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयसँग जिल्ला अनुगमन समिति सहकार्य गरेर अघि बढ्ने धारणा राखें । उनका अनुसार कर्णाली प्रदेश जस्ता क्षेत्रका लागि थप उपभोक्ता सचेतना फैलाउनका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारले थुप्रै कार्यहरु गर्न बाँकी छन । कार्यक्रममा जिल्ला स्थित विभिन्न सरोकारवाला, पत्रकारसँगै राष्ट्रिय उपभोक्ता मञ्चका प्रदेश तथा जिल्ला स्थित पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Translate »