अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको व्याटमिन्टनको उपाधि कमल र धर्मराजको जोडीलाई

स्काई न्यूज / माघ २७, सुर्खेत  । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयले आफ्नो ३१ औं वार्षिक उत्सव विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । दिवसको अवसर पारेर आयोजना गरिएको खुला व्याटमिन्टन प्रतियोगितामा ११ वटा टीमको सहभागिता रहेकोमा विहीबार भएको फाइनल खेलमा कमल विष्ट र धर्मराज देवकोटाको युगल जोडिले भेषराज रिजाल र ठक्कर ओलीको जोडीलाई ३–१ अन्तरले हराउँदै उपाधि हात पारेका छन् ।

विजेता तथा उपविजेतासँगै तेस्रो स्थानलाई शुक्रबार प्रमाणपत्र र नगद पुरस्कारले सम्मानित गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख भोला दाहालले जानकारी दिए । उनले उक्त प्रतियोगितामा अन्नतकुमार गौतम र मोहन विष्टको जोडीले तेस्रो स्थान हात पारेको जनाए ।

 

 

Translate »