प्रधानन्यायाधीश स्वत : निलम्बनमा

फागुन १, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध महाभियोग दर्ता भएसँगै उनी स्वत : निलम्बनमा परेका छन् ।
नेपालको संविधानको धारा १०१(२) अनुसार उनी निलम्बनमा परेका हुन् ।

संविधानको धारा १०१(२) मा यो संविधान र कानूनको गम्भीर उल्लंघन गरेको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले राष्ट्रपति वा उपराष्ट्रपतिविरुद्धको महाभियोगको प्रस्ताव पेस गर्न सक्नेछन् ।
त्यस्तो प्रस्ताव संघीय संसदको दुवै सदनको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तिमा दुई तिहाइ बहुमतबाट पारित भएमा निज पदबाट मुक्त हुने उल्लेख छ । (आर्थिक अभियान)