एमालेद्वारा जेष्ठ नागरिकलाई सम्मान

स्काई न्यूज /माघ ३, सुर्खेत । नेकपा (एमाले) वीरेन्द्रनगर–५, को वडा कमिटीले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडा कमिटीले मंगलबार कालीका मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा तीन सय बढी जेष्ठ नागरिकलाई सम्मान तथा फलफूल वितरण गरेको हो । एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले जेष्ठ नागरिकहरुलाई फलफूल वितरणसँगै खादा ओडाएर सम्मान गरेका छन् ।

जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ताको सुरुवात गर्ने तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीको सम्झनामा फोटो फ्रेम पनि उपहार दिइएको छ । सम्मान कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कंडेलले एमाले जेष्ठ नागरिकको सहारा बनिरहेको बताए । एमाले सरकारले सुरु गरेको वृद्धभत्ताले जेष्ठ नागरिकलाई जीवनयापन र औषधि उपचारमा सहज भएको बताउँदै उनले आगामी दिनमा पनि सामाजिक सुरक्षाका सवालमा पार्टी गम्भीर भएर लाग्ने प्रतिवद्धता जनाए ।

वडा कमिटी अध्यक्ष वासु आचार्यको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा एमाले केन्द्रीय सदस्य मोहनमाया ढकाल, जिल्ला कमिटी अध्यक्ष अमृत विसी, एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनालगायत पौडेललगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Translate »