दिल्ली आउन पीसीआर रिपोर्ट नचाहिने


फागुन ४, नयाँदिल्ली (भारत) । नेपालबाट दिल्ली आउँदा अब कोरोनाको आरटी–पीसीआर परीक्षण गराइराख्न नपर्ने भएको छ । तर, त्यो सुविधा कोरोनाविरुद्धको खोप लगाएका यात्रुको हकमा मात्र लागू हुने जनाइएको छ ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको नयाँ यात्रा निर्देशिकामा यो व्यवस्था गरिएको हो । नयाँ निर्देशिकामा नेपालसहित ८२ वटा मुलुकबाट भारत आउने यात्रुलाई उक्त छुट दिइएको हो ।


तर यात्रा गर्नुपूर्व यात्रुले हवाई सुविधा फर्म भने भर्नुपर्ने जनाइएको छ । यसअघि आरटी पीसीआर रिपोर्ट अनिवार्य थियो । नयाँ गाइडलाइनअनुसार अब खोप प्रमाणपत्र वा आरटी पीसीआर रिपोर्ट अपलोड गरे पुग्ने व्यवस्था छ ।
५ वर्षमुनिका बालबालिकाको हकमा भने पीसीआर रिपोर्ट वा खोप कार्ड नचाहिने व्यवस्था छ । (एजेन्सी)

