प्रथम प्रदेश लोक सेवा आयोग स्थापना दिवस: निष्पक्षता कायम राख्न प्रदेश प्रमुख परियारको सुझाव

स्काई न्यूज /फागुन ६, सुर्खेत । कर्णालीका प्रदेश प्रमुखतिलक परियारले प्रदेश लोक सेवाआयोगले निष्पक्षता, पारदर्शिता र इमान्दारितालाई कायम राख्नुपर्ने बताएका छन् । प्रदेश लोक सेवा आयोगको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशको विकासमा सक्षम जनशक्ति उत्पादन गर्ने थलोका रुपमा आयोगले आफ्नो भूमिका बढाउनुपर्नेमा जोड दिए । राष्ट्रको सेवामा सर्मपित जनशक्तिको छनौट र सिफारिस गरी आयोगले निष्पक्षता, विश्वसनियता कायम गर्नुपर्ने उनको भनाइ थियो ।

‘छिटोभन्दा छिटो प्रदेशलाई आवश्यक पर्ने दक्ष जनशक्तिको छनौट गर्नतर्फ आयोगले ध्यान दिओस्,’ उनले भने, ‘सरकारले आर्थिक÷भौतिकपक्षको व्यवस्थापन गर्ने नै छ, आयोगले आफ्नो मुख्य काम, कर्तव्य र अधिकार क्षेत्रभित्र रहेर जनशक्तिको व्यवस्थापनमा ढिलाइ गर्नु हुँदैन ।’ प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश निजामति ऐनको मस्यौदा निर्माणको कामअन्तिम चरणमा पुगेको बताए । उनले प्रदेशसभाको हिउँदे अधिवेशनमा प्रदेश निजामति ऐन टेबुल गर्ने तयारी भइरहेको जनाए ।

‘सङ्घले ऐन नबनाउँदा प्रदेशको कामकाज प्रभावित भयो, अब हामीले प्रदेशकै बेग्लै निजामति ऐन बनाउनु पर्छ भनेर ड्राफ्ट गर्दैछौं,’ उनले भने, ‘विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गरेर कर्मचारी र लोक सेवा आयोगसँग सम्बन्धित समस्याहरु समाधान गरिनेछ ।’ उनले प्रदेश लोक सेवा आयोग प्रदेश विकासको मेरुदण्ड भएको जिकिर गरे । उनले भने, ‘कर्मचारी परिपूर्ति गर्न नसके विकासको काम गर्न सकिँदैन, आयोगले अरु कुनै समस्यामानअल्झिएर आफ्नो काम गरोस, सरकारले बजेट लगायतकाआवश्यक सहयोग गर्छ ।’

प्रदेश लोक सेवा आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले निजामति ऐन नबन्दा प्रदेश र स्थानीयतहमा सिफारिस भई जाने कर्मचारीको सेवा–सुविधामा अन्यौल रहेको बताए । कार्यक्रममा सचिव भुपेन्द्र थापाले आयोगले हाल चौथो र पाँचौ तहका कर्मचारीको पदपूर्तिका लागि भर्ना प्रक्रिया शुरु भइसकेको जानकारी दिए । आयोग २०७७ साल फागुन ६ गते स्थापनाभएको थियो । पहिलो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, सचिवहरु लगायतको सहभागिता थियो ।

 

Translate »