

जाजरकोट । जाजरकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको भेरी नगरपालिका– ७ पुन्मा रुपाकोटको ३७ वर्षीय मानबहादुर कामीको टिमुरे भीरबाट लडेर मृत्यु भएको वडा अध्यक्ष चन्द्रबहादुर शाहीले जानकारी दिए ।
वडा नम्बर ६ भेरेबाट घर आउँदै गर्दा टिमुरे भीरबाट दुई सय मिटर तल खोलामा खसेर घटनास्थलमै मृत्यु भएको अध्यक्ष शाहीले बताए ।
प्रकाशित मिति : २०७८ फागुन ७ गते शनिबार











