२०८३ भदौ ११ , बिहीबार
Sky News Nepal
August 27, 2026

सुर्खेत कारागारका १६ जना कैदीबन्दीलाई आममाफी



स्काई न्यूज / फागुन ७,सुर्खेत । सरकारले सुर्खेत कारागारमा कैदीबन्दी जीवन बिताइरहेका १६ जनालाई आममाफी दिएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा सरकारले गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ती कैदीबन्दीलाई आममाफी दिएकी हुन् ।

सुर्खेत कारागार प्रशासनका अनुसार आममाफी पाउनेमा १२ जना पुरुष र चार जना महिला रहेका छन् ।

उनीहरू कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी, बहुविवाह र सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरु रहेको कारागारका निमित्त प्रमुख भुवन गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ फागुन ७ गते शनिबार
Translate »