२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

जन नमूना मावि शिअसंको अध्यक्षमा पुन: नेपाली



स्काइ न्यूज /फागुन ७, सुर्खेत । जन नमूना माध्यमिक विद्यालय शिक्षक अभिभावक संघको अध्यक्षमा पुन: बीमल नेपाली चयन भएका छन् । शनिबार सुर्खेत सदरमुकाम वीरेन्द्रनगर स्थित जन नमूना माविमा सम्पन्न शिक्षक, अभिभावक भेलाले नेपालीलाई पुन: सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । भेलाले ४ जना विब्यस सदस्यहरुलाई समेत सर्वसम्मत चयन गरेको विद्यालयका प्रधानाध्यापक यामवहादुर श्रेष्ठले जानकारी दिए ।

उनले अभिभावक भेलालाई सफल बनाउन वीरेन्द्रनगर नगरपालिका–६, का वडा अध्यक्ष मोतीप्रसाद कँडेल र युवा तथा खेलकूद शाखा वीरेन्द्रनगरका शाखा अधिकृत उत्तम आचार्यको महत्वपूर्ण योगदान रहेको जनाए । उनका अनुसार नवनिर्वाचित कार्य समितिलाई भेला सफल बनाउन आएका शिक्षक र अभिभावकले हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

नेपाली पुनः जन नमूना मावि शिक्षक अभिभावक संघको अध्यक्षमा निर्वाचित भएपछि सामाजिक सञ्जालबाट समेत विभिन्न संघ संस्थासँगै व्यक्तिहरुले हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७८ फागुन ७ गते शनिबार
Translate »