बजाज मोटरसाइकल मेकानिक्स स्कील कन्टेस्टमा सुर्खेतका धनबहादुरलाई तेस्रो स्थान

स्काई न्यूज /फागुन ८, सुर्खेत । बजाज मोटरसाइकल मेकानिक्सहरुको स्कील कन्टेस्ट प्रतियोगितामा सुर्खेतका धनबहादुर ढेंगामगरलाई  तेस्रो स्थान प्राप्त भएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले हरेक वर्ष आयोजना गर्ने देशभरीका बजाज शोरुमहरुमा कार्यरत मेकानिक्सहरुको स्कील कन्टेस्ट (कार्यकुशलता) को प्रतियोगितामा  धनबहादुरलाई तेस्रो स्थान प्राप्त भएको हो । प्रतियोगितामा प्रतियोगिताको पहिलो स्थान वीरगञ्जका श्यामकुमार महतोको पोल्टामा परेको छ भने दोस्रो स्थान कावासोती नवलपरासीका सुरेश परियारले हात पारेका हुन् ।

 

यसअघि दुई वर्ष पहिले भएको क्षेत्रीय स्तरको बजाज शोरुमहरुमा कार्यरत मेकानिक्सहरुको स्कील कन्टेस्ट (कार्यकुशलता) प्रतियोगितामा समेत धनबहादुरलाई तेस्रो स्थान प्राप्त भएको थियो । धनबहादुर सुर्खेतको वीरेन्द्रनगर स्थित बजाज मोटरसाइकलको कर्णाली प्रदेशका लागि आधिकारिक विक्रेता असिम अटो पाट्र्सका हेड मेकानिक्स हुन् । तेस्रो स्थान प्राप्त गरेको खबर सार्वजनिक भएसँगै असिम अटो पार्टस परिवार र सेवाग्राहीले धनबहादुरलाई हार्दिक बधाई तथा आगामी दिनमा उच्च सफलताको शुभकामना व्यक्त गरिरहेका छन् ।

असिम अटो पाट्र्सका प्रमुख लक्ष्मण कँडेल हेड मेकानिक्स धनबहादुरको सफलताले असिम अटो पाट्र्सबाट सेवाग्राहीलाई गुणस्तरीय उच्च सेवा प्रवाह भईरहेको प्रमाणित भएको जिकिर गरे । उनले आउँदा दिनमा हेड मेकानिक्स धनबहादुरको उच्च सफलताको कामना गर्दै असिम अटो पाट्र्सलाई थप परिस्कृत गरिने लक्ष्य रहेको जानकारी दिए । उनका अनुसार हेड मेकानिक्स धनबहादुरको सफलताले असिम अटो पाट्र्सको पुरा परिवार नै गौरवान्वित महशुस गरिरहेको छ ।

Translate »