सुर्खेतमा नक्कली प्रशिक्षार्थी पक्राउ

स्काई न्यूज / फागुन १५, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा भईरहेको प्रहरी जवानको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ का २० वर्षीय अग्निप्रसाद सन्ज्यालको ठाँउमा उनकै सहोदर दाजु २३ वर्षीय लक्ष्मीप्रसाद सन्ज्याल (नक्कली प्रशिक्षार्थी) पक्राउ परेका हुन् ।

लोकसेवा आयोगबाट खटिएको अनुगमन टोलीले वीरेन्द्रनगरको श्रीकृष्ण माध्यमिक विद्यालय ईत्राममा केन्द्रमा चलिरहेको प्रहरी जवान (प्राविधिक ) सञ्चारतर्फको परीक्षामा भाईको सट्टामा दाईले परीक्षा दिईरहेको पाईएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

उनले परीक्षामा खटिएको प्रहरी सहायक निरीक्षक मानबहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले नक्कली प्रशिक्षार्थी लक्ष्मीप्रसादलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको बताए ।

Translate »