लायन्स क्लव सिद्धपाइलाद्वारा प्रशिक्षण


स्काई न्यूज /फागुन २४, सुर्खेत । लायन्स क्लव अफ सिद्धपाइला सुर्खेतले ‘असल अभिभावकत्व तथा मनोसामाजिक सु.स्वास्थ्य’ प्रशिक्षण कार्यक्रम गरेको छ । क्लवले मंगलबार वीरेन्द्रनगरमा ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर ‘असल अभिभावकत्व तथा मनोसामाजिक सु.स्वास्थ्य’ प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।

वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालको प्रमुख आथित्यतता तथा क्लवका अध्यक्ष ज्ञानुकुमारी सुवेदी गैरेको अध्यक्षतामा भएको कार्यक्रममा मनोविमर्सकर्ता शर्मिला विसी, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य अधिकृत खगेन्द्रप्रसाद गैरेले सहजीकरण गरेका थिए ।


प्रशिक्षणमा लायन्स क्लवका ४५ जना महिलाहरुको सहभागिता रहेको थियो । क्लवले सामाजिक क्षेत्रमा उच्च योगदान पु¥याए वापत लायन्स लिडर विन्दु नेपाल, सरस्वती बस्नेत, चन्द्रा भट्टराई, मञ्जु तिवारी, मनोविमर्सकर्ता शर्मिला विसी र सहजकर्ता प्रकाश गैरेलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरिएको लायन्स गिता वलीले जानकारी दिईन् ।

उनका अनुसार क्लवका सचिव सरिता शर्माले सञ्चालन गरेको कार्यक्रममा सिनियर लायन्स लिडर टिकाराम चपाई, कमल नेपाल, विन्दु नेपाल, हरिहर बस्नेत, सरस्वती बस्नेत, युवराज पौडेल, छवि आचार्यलगायतको सहभागिता रहेको थियो ।


