बहुमूल्य धातुको नाममा ठगी गर्ने तीन जना पक्राउ


फागुन ३०, सल्यान । बहुमूल्य धातु भन्दै ठगी गर्ने सल्यानका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्गाड कुपिण्डे नगरपालिका ९ सेरा बस्ने २४ वर्षीय गणेश बुढाथोकी, बाँके बैजनाथ गाउँपालिका ४ बस्ने ५० वर्षीय होमबहादुर शाह र ४६ वर्षीय राधासिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
तीनैजनालाई बन्गाड कुपिण्डे नरगपालिका ९ सेराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

उनीहरुले बहुमूल्य धातु मर्करी जस्तै देखिने धातु देखाएर ओसारपसार गरी बिक्री गरेमा धेरै पैसा कमाइन्छ भन्दै स्थानीयलाई भ्रममा पारी ठगी गरेर हिँडिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले पक्राउ गरेको पौडेलले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत सल्यानबाट सात दिनको लागि म्याद थप गरेर जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखेर अनुसन्धान थालिएको छ । (ई–कान्तिपुर)

