राप्रपा नेपालको सुर्खेत जिल्ला कमिटी गठन

स्काई न्यूज /चैत ४, सुर्खेत ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल सुर्खेत जिल्ला कमिटी गठन भएको छ । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा भएको भेलाले जीवन चन्दको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

भेलाले कमिटीको उपाध्यक्षमा देविलाल न्यौपाने र विविसरा राजी, सचिव लालबहादुर रावत, कोषाध्यक्ष पवित्रा न्यौपाने तथा सदस्यहरुमा दलबहादुर खत्री, मानबहादुर राना, अमृत राना, अर्जुन विसी, खड्कबहादुर शाही, भिमप्रसाद आचार्य, कुलपति पराजुली, उदयबहादुर शाही, चन्द्रकली शाही, जगत शाही, पूर्ण बुढा, धर्मराज डाँगी, भद्रकली राना, लालबहादुर रावल, भूमिदेवी गरञ्जा र सूरज दमाईलाई चयन गरेको छ ।

भेलाकै अवसर पारेर शुक्रबारनै राप्रपा नेपालका केन्द्रीय सदस्य ईश्वरकुमार श्रेष्ठले सुर्खेत जिल्ला पार्टी कार्यालयको समेत उद्घाटन गरेका हुन् ।

उनले सो अवसरमा पार्टी पटक–पटक फुट्ने कार्य भईरहे पनि नेता तथा कार्यकर्तालाई हत्तोत्साही नभई उत्साहका साथ संगठन निर्माणमा जुट्न आग्रह गरे ।

‘विगतमा राप्रपामा रहेर धेरै दुःख र मेहनत गरेको भएपनि महाधिवेशनपछि वर्तमान अध्यक्ष लिङ्देनले कमल थापाको पत्रलाई अपहेलना गरी सम्बोधन नगरेपछि राप्रपा नेपाल जन्मिएको हो,’ उनले भने, ‘हिन्दुरास्ट्र र राजसंस्थाको एजेण्डाकै मूल सम्वाहक वा अभिभावक कमल थापा भएको र उहाँलाई पाखा लगाएर लिङ्देन नेतृत्वको पार्टीले त्यो एजेण्डा स्थापित गराउँछु भन्नु दिवासस्वप्न हो ।’

उनले सम्पूर्ण नेता तथा कार्यकर्तालाइ पुरानै घर राप्रपा नेपालमा फर्कन आग्रह समेत गरे ।

 

Translate »