

स्काई न्यूज /चैत ५, सुर्खेत । राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि जन नमूना माध्यमिक विद्यालयले जितेको छ । जन नमूना माविले सुर्खेतको वीरेन्द्रनगरमा शनिबार सम्पन्न चौथो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि लगातार यो तेस्रो पटक जितेको हो ।
प्रतियोगिताको ईतिहासमा जन नमूना माविले ८ स्वर्ण, ८ रजत र ७ कास्य सहित २३ पदकका साथ उपाधिको हैट्रिक बनाएको छ । बीरेन्द्रनगर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड–२०७८, मा १५ वटा खेल विधामा जन नमूना माबिका छात्र, छात्राहरुले शिर्ष स्थानसहित रनिङ्ग शिल्ड जित्न सफल भएका छन् ।

पुरै प्रतियोगितामा जन नमूना माविका खेलाडीले शानदार खेल प्रर्दशन गर्दै वर्चश्व कायम राखेका हुन् । प्रतियोगितामा अमरज्योति माबि नेवारेले ५ स्वर्ण, ३ रजत र २ कास्य सहित १० पदकका साथ दोस्रो स्थान हात पारेको छ भने सैनिक आवासिय महाविद्यालय मंगलगढीले ४ स्वर्ण र १ कास्य सहित ५ पदकका साथ तेस्रो स्थानमा चित्त बुझाएको छ ।
प्रतियोगितामा एसओएस माविलाई चौथो, चन्द्रगंगा मावि पाँचौं, नेरामावि (डाँडास्कूल) छैठौं, मदरसा विद्यालय सातौं, जनसेवा मावि घुस्रा आठौं, नेरा मावि खजुरा नवौं र शिव मावि लाटिकोइलीलाई दशौं स्थान हात परेको थियो ।











