दक्षिण एशियामा सबैभन्दा खुसी देश नेपाल, विश्वमा सबैभन्दा खुसी देश भने फिनल्यान्ड

चैत ५, काठमाडौं  । दक्षिण एशियाली देशहरुमा नेपाली सबैभन्दा खुसी देशको रुपमा रहेको छ ।

संयुक्त राष्ट्रसङ्घको  दिगो विकास समाधान नेटवर्कले शुक्रवार सार्वजनिक गरेको विश्व खुसी प्रतिवेदनले यस्तो देखाएको हो । शुक्रवार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष नेपाल ५ दशमलव ३७७ अंकसहित सूचिको ८४ औं स्थानमा रहेको छ । यो गत वर्षको तुलनामा ३ स्थान माथि हो ।

                                                                     सांकेतिक चित्र


गत वर्ष ५ दशमलव २६९ अंकसहित नेपाल सूचिको ८७ औं स्थानमा थियो । प्रतिवेदन अनुसार दक्षिण एशियामा दोस्रो खुसी देश बंगलादेश हो ।

गत वर्षको सूचिमा १०१ औं स्थानमा रहेको यस वर्ष सूचिको ९४ औं स्थानमा छ । पाकिस्तान १६ स्थान तल झरेर १२१ औं स्थानमा ओर्लिएको छ भने श्रीलंका पनि २ स्थान माथि चढेर १२७ औं स्थानमा पुगेको छ ।

भारत १३६औं स्थानमा उक्लिएको छ । गत वर्ष भारत सूचिको १३९औं स्थानमा थियो । प्राविधिक कारणले गर्दा यस वर्षकोब सूचिमा भुटानलाई समावेश गरिएको छैन ।

सूचिअनुसार फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश हो । योसँगै लगातार ५ वर्षदेखि सूचिको शीर्ष स्थानमा रहँदै आएको छ । सूचिको शीर्ष तीन स्थानमा अर्का दुई स्क्यान्डिनेभियन देश डेनमार्क र आइसल्यान्ड छन् ।

Translate »