सुदूरपश्चिम लोक सेवाले माग्यो १६७ वन रक्षक

चैत ९, धनगढी । सुदूरपश्चिम लोक सेवा आयोगले स्थायी पदपूर्तिका लागी दरखास्त आह्वान गरेको छ ।

प्रदेश निजामती सेवा अन्तरगत नेपाल वन सेवा, फरेष्ट्री समूह, तह विहीन, वन रक्षक खुला तथा समावेशी तर्फ एक सय ६७ पदमा दरखास्त माग गरेको हो ।

जस अन्तर्गत खुलातर्फ ९२, महिला २५, आदिवासी/जनजाति २०, मधेसी १६, दलित ७, अपाङ्ग ४ र पिछडिएको क्षेत्रतर्फ ३ गरी एक सय ६७ पदमा विज्ञापन गरिएको छ ।

सुदूरपश्चिम लोक सेवा आयोगले पहिलो पटक विभिन्न पदमा पदपूर्तिका लागी विज्ञापन खोलेको हो ।

    (सूचना सहित) 

 

Translate »