हिँड्दा हिँड्दै लडेका युवकको मृत्यु

टेकराज भण्डारी / चैत १०, अछाम । अछाममा हिँड्दा हिँड्दै एक्कासी लड्दा घाईते भएका एक जना युवको मृत्यु भएको छ ।
जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ नेटाकोटका ३३ वर्षीय नरेन्द्र साउँद घरबाट बजार जाने क्रममा बुधबार दिउसो रामारोशनको बल्ले खोला नजिक हिँड्दै गर्दा एक्कासी लड्दा बेहोस भएका थिए ।

बेहोस भएका उनको बयलपाटा अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
मृतक साउँद हेपटाईटिस बि, छारे रोगको बिरामी रहेको बुझिएको अस्पतालले जनाएको छ ।