लोकतान्त्रिक खेलकुद सुर्खेतको अध्यक्षमा शाही

स्काई न्यूज / चैत १२, सुर्खेत ।  लोकतान्त्रिक खेलकुद संघ सर्खेतको अध्यक्षमा चन्द्रप्रकाश शाही चयन भएका छन् । संघको शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको भेलाले शाहीले अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।

भेलाले संघको उपाध्यक्षमा पुष्करनाथ योगी, सचिव लोकन्द्र रावल, कोषाध्यक्ष रमेश गुरुङ, सह–सचिव सुशील गुरुङ तथा सदस्यहरुमा आशिष पुन, विशाल सन्तोषी, गान्धी अर्याल, दिपक सापकोटा, भिम नेपाली, शुभम सिंह, मिलन विक्रम शाह, केशव शाही, चित्र राना, विरेन्द्र रावल, प्रविण चन्द एवं दिया रोकायलाई चयन गरेको छ ।

नव निर्वाचित कार्य समितिलाई लोकतान्त्रिक खेलकुद महासंघ कर्णाली प्रदेश संयोजक हरि विष्ट, संघ सुर्खेतका निवर्तमान अध्यक्ष सोमबहादुर श्रेष्ठ (मंगल), सचिव प्रभात थापालगायतले हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

नवगठित कार्य समितिले जिल्लाका ९ वटै पालिकामा लोकतान्त्रिक खेलकुद संयोजक समेत गठन गर्ने निर्णय गरेको अध्यक्ष शाहीले जानकारी दिए ।

Translate »