सुर्खेतमा ब्राउनसुगर सहित एक पक्राउ

स्काई न्यूज / चैत १५, सुर्खेत ।  सुर्खेत प्रहरीले लागू औषध ब्राउनसुगरसहित वीरेन्द्रनगरबाट एक जनालाई पक्राउ गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका–८, निवासी २८ वर्षीय अर्जुन थापालाई ७० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित मंगलबार सदरमुकाम स्थित सनिहल लाईन नजिकैबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले विशेष सूचनाको आधारमा अभियुक्त थापालाई शंकास्पद रुपमा फेलापारी खालतलासी गर्दा लागू औषध ब्राउनसुगर फेला परेपछि नियन्त्रण्मा लिएर हिरासतमा राखी थप आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सुर्खेतका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

Translate »