२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

नेपाल र भारत बीच ४ ओटा सम्झौतामा हस्ताक्षर



चैत १९, काठमाडौं ।  नेपाल र भारत बीच शनिवार चार ओटा सम्झौता भएको  छ ।

नयाँदिल्लीस्थित प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर  देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता पछि त्यसपछि दुवै  देशको प्रतिनिधिमण्डल बीचको भएको छलफलबाट चार ओटा सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपाल र भारतबीच अन्तरराष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन बीच प्रविधिक  विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको बताइएको छ । नेपाल र भारतका सम्बन्धित मन्त्रालयका अधिकारीहरुले चार फरक- फरक सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रकाशित मिति : २०७८ चैत १९ गते शनिबार
Translate »