‘जन माविलाई सहयोग गर्ने प्रतिवद्धता’

स्काई न्यूज /चैत १९, सुर्खेत । प्रतिनिधि सभा सदस्य पार्वती बिसुन्केले जन नमूना माध्यमिक विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएकी छिन् । शनिबार सुर्खेतको वीरेन्द्रनगर स्थित कर्णाली प्रदेशकै उत्कृष्ट विद्यालय जन नमूना माविको अवलोकन गर्दै उनले आफ्नो तर्फबाट शिक्षाको गुणस्तरलाई थप माथि उकास्न सक्दो सहयोग गर्ने प्रतिवद्धता गरेकी हुन् ।
उनले विद्यालय अवलोकनको क्रममा सामुदायिक विद्यालयको सर्वपक्षीय विकास र चुनौतिका बारेमा समेत विद्यालय प्रशासनसँग गहन छलफल समेत गरेकी छिन् । विद्यालयले प्रदेशको समृद्धि तथा दक्ष जनशक्ति उत्पादनका लागि गरेको योगदानको उच्च प्रशंसा गर्दै समृद्धि र उनन्यनका लागि आफ्नोसाथ र सहयोग सदा रहिरहने उनको भनाई थियो ।

सांसद बिसुन्केले हाम्रा काम कार्वाहीप्रति देखाएको स्नेह र चाँसोले थप ऊर्जासँगै प्रेरणाको स्रोत भएको विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले जिकिर गरे । कोरोना महामारीलगायतले सृजित समस्याहरुका वावजुद गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालय परिवार निरन्तर जुटिरहेको उनको भनाइ छ ।