

स्काई न्यूज/ चैत १९, सुर्खेत । नेपाल बुद्धिजीवि संगठन सुर्खेतको संयोजकमा चन्द्रप्रकाश आचार्य चयन भएका छन् । संगठनको शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको पाँचौ जिल्ला सम्मेलनले आचार्यको संयोजकत्वमा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । सम्मेलनले सह–सयोजकमा प्रेमप्रसाद ढुङगाना तथा सदस्यहरुमा द्रोणलता खत्री, सोम भट्टराई, दानबहाुदर भण्डारीलगायतलाई सर्वसम्र्मत चयन गरेको छ ।

नवनिर्वाचत कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै कर्णाली प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं नेकपा माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसी, पार्टीका जिल्ला इन्चार्ज सुदीप मल्ल, बुद्धिजीवि ईन्चार्ज जीतबहादुर राना, बुद्धिजीवि संगठन कर्णाली प्रदेशका सचिव छविलाल आचार्य, संगठनका निवर्तमान अध्यक्ष विमलकुमार नेपालीलगायतले नेकपा माओवादी पार्टीले देश र जनताका लागि निर्धारण गरेको कार्यदिशा, भावि योजना र चुनाव लक्षित रणनीतिलाई कार्यान्वयनमा ल्याउन बुद्धिजीविहरुको महत्वपूर्ण भूमिका रहने बताए ।
उनीहरुले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा लविङ्ग तथा अन्य आवश्यक सरसहयोग समेत बृद्धिजीवि संगठनसँग अपेक्षा राखिएको जिकिर गरे । समाजको ऐनाको रुपमा हेरिन परिवर्तनका साक्षी बुद्धिजीविले सत्य, तथ्य असल विचारहरु जनतामाँझ पु¥याउन उनीहरुले जोड दिए ।











