जनआन्दोलन दिवसको अवसर पारेर कविता गोष्ठी तथा साहित्य यात्रा कार्यक्रम

रगवीर विश्वकर्मा /चैत १९, सुर्खेत । जनआन्दोलन दिवसको अवसर पारेर कविता गोष्ठी तथा ११औं साहित्य यात्रा कार्यक्रम गरिएको छ । प्रगतिशील लेखक संघ नेपाल, कर्णाली प्रदेश समितिले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा विविध कार्यक्रम गरी मनाएको हो । कार्यक्रममा प्रभात स्मृति जनसांस्कृति परिवारका कलाकारहरुबाट क्रान्तिकारी गीत, नृत्यहरू समेत प्रस्तुत गरिएका थिए ।

यसअघि कार्यक्रममा प्रगतिशील साहित्यकारहरु युद्धविक्रम शाही, हरिलाल महतारा, रगवीर विश्वकर्मा, जागेश्वर नेपाल, मायाराम न्यौपाने, खडानन्द भट्राई, रत्ना अधिकारी, निरंजना योगी, सिद्ध खड्का, देवराज भण्डारीलगायतले आ–आफ्ना कविता वाचन गरेका थिए ।

उनीहरुले कविताका माध्यमबाट देशमा जनआन्दोलनताका सहीदले देखेका सपनाहरु अधूरै रहेको र एमसीसी सम्झौताका कारण देश उपनिवेशको तहसम्म झर्न गएको भन्दै देशमा गरिएका राष्ट्रघाती सम्पूर्ण सन्धिहरु खारेज गर्न आग्रह गरे । स्वाधीन र स्वतन्त्र देश निर्माण गर्न दलाल संसदिय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

Translate »