२० देशका लागि राजदूत नियुक्ति सिफारिस

![]()
काठमाडौँ । सरकारले २० देशका लागि राजदूत नियुक्ति सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेका २० देशमा राजदूत सिफारिसको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार ८ देशमा परराष्ट्र मन्त्रालयका कर्मचारीबाट र १२ देशमा राजनीतिक नियुक्तिबाट राजदूतमा नियुक्ति सिफारिस भएको हो । परराष्ट्रमन्त्री नारायण खड्काको ठाडो प्रस्तावमा नियुक्ति सिफारिस भएको हो ।

