अलपत्र खेलकुद पूर्वाधार निर्माणलाई अघि बढाउँछौ : मुख्यमन्त्री शाही

 

सागर परियार / चैत २७, जुम्ला ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले जुम्लामा अलपत्र रहेका खेलकुद पूर्वाधार निर्माणलाई चाडै अघि बढाइने बताएका छन् । पातारासीमा रहेको हाइल्टीच्युट टेर्निङ सेन्टर, भलिबल प्याराफिट लगायत एक पालिका एक खेल मैदान लगायतका खेलकुद पूर्वाधार निर्माणलाई अघि बढाइने बताए । तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनको उद्घाटन सँगै चार दिने जुम्ला भ्रमण सकेर फर्किने क्रममा पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले खेलकुदका माध्यमबाट कर्णालीको पर्यटन प्रवर्द्धन गर्न सकिने प्रशस्त सम्भावना रहेकोले जुम्ला–रारा अल्ट्रा म्याराथनको निरन्तरता,अलपत्र खेलकुद पूर्वाधार निर्माणको सुनिश्चितता, कर्णालीमा नियमित सेडुल फ्लाइट व्यवस्थापन लगायतका विषयमा परिणाममुखी पहल थाल्ने आश्वासन दिए ।

अल्ट्रा म्याराथन जस्ता साहसिक खेलहरूले कर्णालीको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भएकोले नियमित अभ्यासका लागि पातारासीको हाइल्टीच्युट ट्रेनिङलाई तत्काल अघि बढाउन पहल गर्ने बताए । हाइल्टीच्युट टेर्निङ सेन्टरको स्थलगत अनुगमन पनि गरेको तत्काल गर्न सकिने निर्माणलाई बढाइने उनको भनाई छ । साथै, मुख्यमन्त्री शाहीले कर्णालीको विकास खर्च ८० प्रतिशत हुने दाबी गरेका छन् ।

विकास निर्माणका काम सम्पन्न भएर पनि भुक्तानी लिन बाँकी रहेकोले खर्च प्रतिशत कम देखिएको भन्दै दोस्रो चौमासिक सम्म विकास खर्च झण्डै १८ प्रतिशत भएको बताए । उनले भने,‘दोस्रो चौमासिक सम्म विकास खर्च १८ प्रतिशत भएको छ । काम शुरु धमाधम भइरहेका छन् । भुक्तानी नपाएर लेखाजोखा नभएको हो । मिडियामा आएको ९ प्रतिशत विकास खर्चको तथ्य गलत छ । आगामी जेठ मसान्तसम्म कर्णालीको पुँजीगत खर्च ७५ देखि ८० प्रतिशत हुन्छ ।’प्रक्रियागत ढिलाइका कारण काम गरेर पनि भुक्तानी नपाएका कारण विकास खर्च कम देखिएको हो । हाम्रो लक्ष्य अनुसार ७५ देखि ८० प्रतिशत सम्म विकास खर्च हुने मुख्यमन्त्री शाहीको भनाई छ । एक फरक प्रसङ्गमा हल्ला फैलाए जस्तो नेपालको अर्थतन्त्र संंकटमा नपरेको समेत दाबी गरे ।

अर्थतन्त्रका अधिकांश सूचकहरू नकारात्मक हुँदै जानु, राष्ट्र बैङ्क र अर्थ मन्त्रालय बीच विवाद चुलिनु, गभर्नर माथि ठाडो हस्तक्षेप हुनु लगायतका केही कारणले अर्थतन्त्रबारे सवाल उठेको साँचो हो । मुख्यमन्त्री शाहीले भने,‘देशको अर्थतन्त्र बिग्रिनै थालेपछि हो भने, सबै एकजुट भएर लाग्नु पर्ने हो । तर यो स्थिति देखिएन । अर्थतन्त्रबारे फिँजाइएका हल्ला जस्तो मुलुकको अर्थतन्त्र संकटमा छैन । कर्णालीमा आर्थिक सङ्कटको कुनै प्रभाव पनि छैन ।’ कोभिडपछि आर्थिक चलायमान अपेक्षाकृत नभएको साँचो हो । तर श्रीलङ्काकै स्थितिमा नेपाली अर्थतन्त्र पुगेको कुनै आधिकारी तथ्याङ्क छैन । साथै कर्णालीमा आर्थिक संकट नवआस, व्ययभार कम होस भन्नका लागि आफूले सरकारी खर्चको हेलिकप्टर एक पटक पनि नचढेको, काम बाहेक सरकारी गाडी पनि प्रयोग नगरेको जानकारी दिए ।

Translate »