

चैत ३०, काठमाडौं । नेकपा एमाले र नेपाल परिवार दलबीच पनि चुनावी तालमेल गर्ने सहमति भएको छ ।
नेकपा एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र नेपाल परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलले बुधबार काठमाडौंमा हस्ताक्षर गरेको सहमति पत्रमा नेपाल परिवार दलले पनि सूर्य चिन्हबाटै प्रतिस्पर्धा गर्ने जनाएको छ ।

सहमति पत्रमा देशभर सम्भव भएका पालिकामा तालमेल गरी उम्मेदवार उठाउने, नेपाल परिवार दलका उम्मेदवार नभएका पालिकामा एमालेलाई सघाउने, एमालेका उम्मेदवार नभएका स्थानमा परिवार दललाई सघाउने सहमति भएको उल्लेख छ । रेडियो. नेपाल

प्रकाशित मिति : २०७८ चैत ३० गते बुधबार











