नेकपा माओवादी केन्द्रका लागि भोट माग्दै नलगाडका कर्मचारी र शिक्षक

ज्योतीखर शर्मा /बैशाख ६, जाजरकोट । स्थानीय तहको निर्वाचन नजिकिँएसँगै जाजरकोटको नलगाड नगरपालिकाका कर्मचारी, शिक्षक अहिले जनप्रतिनिधिका लागि भोट माग्दै हिडिरहेका छन् । नगरपालिकाका कार्यालय सहयोगीदेखि कर्मचारी र शिक्षकहरु आफ्नो जिम्मेवारी छोडेर नेकपा माओवादी केन्द्र पार्टीको चुनावी कार्यक्रममा भोट माग्दै हिडिरहेका छन ।

उनीहरु आफ्नो पदिय दायित्व विपरित यसरी खुलेआम पार्टीको झण्डा बोकेर गाउँगाउँमा हिडिरहेको सामाजिक सञ्जालबाट छरभ्रष्ट देख्न सकिन्छ । नारायण खत्री नलगाड नगरपालिकामा सुब्वा हुन । उनी योजना शाखाको जिम्मेवारीमा छन । उनी सोमबार कार्यालय नगएरै डाडागाउँमा माओबादी पार्टीले आयोजना गरेको चुनावी कार्यक्रममा सहभागि मात्र भएनन्, कार्यक्रममा नेकपा माओवादीलाई जिताउन भाषण नै दिएका थिए ।

अर्का हुन् लोकेन्द्र विक । उनी नलगाड हाइड्रोपावर कम्पनीमा सव–इन्जिनियर पदमा कार्यरत छन । उनी दैनिक कार्यलयको काम भन्दा माओवादी पार्टीको चुनावी कार्यक्रममा हिडिरहेका भेटिन्छन् । सुदाम गौतम विश्व निकेतन माध्यमिक विद्यालय त्रिपुरेश्वर काठमाडौंका स्थायी शिक्षक हुन । उनी पनि पठपाठन कार्य छोडेर जाजरकोट आएर खुलेआम माओवादी पार्टीको चुनावी प्रचार कार्यक्रममा व्यस्त भएका छन । उनीहरुको सामाजिक सञ्जालले नै बताइ रहेको छ ।

स्थायी कर्मचारीले त कार्वाही नै हुँदो रहने भनेर करारका कर्मचारी गोर्कण चन्द, विनोद रावल चुनाव प्रचारमै जुटेका हुन् । उनीहरु पनि नियमित चुनावी प्रचारप्रसार कार्यकक्रमा दौडिरहेका छन । माथि उल्लेखित कर्मचारी र शिक्षक त प्रतिनिधि पात्र मात्र हुन् । अहिले नगरका अधिकांस कर्मचारीहरु सेवाग्राहीलाई सेवा दिन छोडेर माओवादी पार्टीको प्रचारमा संलग्न हुन थालेपछि स्थानीय नागरिकले विरोध गरिरहेका छन् ।

गोरख खड्का नलगाड–६, वडाका कार्यालयका कार्यालय सहयोगी हुन । नगरका कर्मचारी, शिक्षकहरु यसरी नै चुनावी गतिविधिमा हिडिरहेका छन् । उनी खुलेआम चुनाव प्रंचार गर्दै भोटमाग्दै हिडेको देखिन्छ । कुनै पनि कर्मचारीले निर्वान आचारसंहिता विपरित जान नहुने प्रस्ट भनिएको छ ।

तर, जाजरकोटको नलगाड नगरंंपालिकाका कर्मचारी, शिक्षक नियम विपरित माओवादी पार्टीको प्रचारप्रसारमा संलग्न रहेका छन् । ती मध्ये धेरैले सामाजिक सञ्जाल फेसबुक मार्फत समेत माओवादी पार्टीको पक्षमा भोट मागिरहेका छन् । तर निर्वाचन आयोगले कर्मचारीलाई त्यसो नगर्न निर्देशन गरेपनि उनीहरुले नियम नै उल्लंघन गर्दै आईरहेका छन् ।

निर्वाचन आचारसंहित विपरित गतिविधि गर्नेलाई आयोगले कार्वाही गर्ने भनेपनि जाजरकोटको नलगाड नगरपालिकामा छुट दिएको पाईएको छ । यता प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले कर्मचारीको मर्यादा विपरित निर्वाचन आचारसंहित उल्लंघन गर्नेलाई छानविन गरेर कार्वाहीको दायरामा ल्याईने बताए । उनका अनुसार तोकिएको दायित्व पुरा नगरी सेवाग्राहीलाई सास्ती र हैरानी दिने कर्मचारीलाई नियम अनुसार कार्वाही हुन्छ ।

Translate »