कर्णालीमा बेपत्ता दुवै बालकको शव फेला


टेकराज भण्डारी / बैशाख ७, अछाम । अछाममा कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता दुवै बालकको शव प्राप्त भएको छ । जिल्लाको पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ घाटखेत बस्ने राम प्रसाद जैशीको ११ वर्षका छोरा बिराज जैशी र गोपाल जैशीको ६ वर्षका छोरा अभिषेक जैशीको शव प्राप्त भएको अछामका प्रहरी प्रमुख डिएसपी रबिराज थपलियाले बताए । सोमबार दिउँसो करिब ३ बजेतिर पौडी खेल्ने क्रममा बेपत्ता भएका उनीहरू मङ्गलवार फेला परेका प्रहरीले जनाएको छ । बिराज बेपत्ता भएकै ठाउँमा र अभिषेक बेपत्ता भएको ठाउँबाट करिब २ किलोमिटर तल फेला परेका हुन् । ६ वर्षीय अभिषेकलाई बचाउने क्रममा दुवै बालक डुबेका मृतकका आफन्त पदम बहादुर माझीले बताए । अभिषेकलाई बचाउने क्रममा बिराजलाई समातेका कारण दुवै डुब्न गएका उनको भनाइ छ ।