चुनावको भिडिओ प्रचारप्रसार गरी २० देखि ५० लाख भ्युज बनाउनेलाई आयोगले नगद पुरस्कार दिने

वैशाख १८, काठमाडौं । निर्वाचन आयोगले तयार गरेका चुनावसम्बन्धी सन्देशमुलक भिडिओ प्रचार प्रसार गरी २० लाखदेखि ५० लाखसम्म भ्युज बनाउने व्यक्ति वा संघसंस्थालाई आयोगले नगद पुरस्कार दिने भएको छ ।

वैशाख ३० गते हुने स्थानीय चुनावका लागि आयोगले बनाएका सन्देशमुलक भिडिओ आफ्नो पेज, एकाउन्ट र संस्थाका पेजमा अपलोड गरी २० देखि ५० लाखसम्म भ्युज पु¥याउनेले यो प्रतियोगितामा भाग लिन पाउने भएका आयोगले बताएको छ ।


आइतवार आयोगले एक सूचना जारी गर्दै आयोगले ५० लाख भ्युज बनाउनेलाई ५० हजार, ३० लाख भ्युज बनाउनेलाई ३० हजार र २० लाख भ्युज बनाउनेलाई २० हजार नगद पुरस्कार दिने जानकारी दिएको छ ।

त्यस्ता भिडिओहरू आयोगका ट्वीटर, युट्युव र फेसबुक तथा भाइबरमा अपलोड गरिसकिएका छन् । आयोगका भिडिओ वैशाख २९ गतेभित्र फेसबुक, युट्युव, टिकटकलगायतमा पोस्ट गर्ने, शेयर गर्ने र २० देखि ५० लाख भ्युज बनाउनेलाई नगद पुरस्कार दिइने आयोगले जानकारी दिएको छ ।

Translate »