छुट्टी मनाउन राहुल गान्धी काठमाडौंमा

काठमाडौँ — भारतको प्रमुख प्रतिपक्ष भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी छुट्टी मनाउन काठमाडौं आएका छन् ।

उनी भिस्तार एयरलाइन्सको विमानबाट सोमबार अपरान्ह ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल उच्च स्रोतले बतायो ।

उनी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन् । नेता गान्धीले ५ दिन नेपालमा बिताउने छन् । नेपाल भ्रमणका क्रममा गान्धी रारा वा मुस्ताङ भ्रमणमा जान सक्‍ने स्रोतले बताएको छ ।

यसअघि उनी २०७५ साल भदौ १५ गते पनि नेपाल आएका थिए ।

Translate »